गण्डकीमा ११ कोरोना संक्रमित थपिए, कुल संक्रमित २ हजार ६१२, २० जनाको मृत्यु

डिसी नेपाल
२३ भदौ २०७७ १२:४३

गण्डकी। गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ। आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का छ जना छन्। नवलपरासीका सबै सङ्क्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका सङ्क्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पिसिआरको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो। ती मध्ये सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा सङ्क्रमण देखिएको छैन।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८०७, निको हुनेको सङ्ख्या एक हजार ७८५ रहेको र २० जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहेका डा शर्माले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *