चन्द समूहका नेता चैतन्यद्वारा आत्मसमर्पण
गलकोट। नेत्रविक्रम चन्द समूहका बागलुङका जिल्ला सदस्य केशव निउरे ‘चैतन्य’ले आत्मसमर्पण गरेका छन्। जिल्ला प्रशाशनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गरेका हुन्। ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले यही भदौ ११ गते उनकै घरबाट पक्राउ गरेको थियो । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment