गन्तव्य नेपाल साउदी अरबद्वारा विभिन्न रोगका बिरामीलाई ३ लाखभन्दा बढी रकम सहयोग

डिसी नेपाल
२६ भदौ २०७७ १६:१९

रियाद । गन्तव्य नेपाल साउदी अरबले विभिन्न पीडितहरुलाई ३ लाख भन्दाबढी रकम सहयोग गरेको छ । गन्तव्य नेपालको साउदी अरब टिमले मानेभञ्ज्याङ गाउँ पालिका वार्ड न –५ ओखलढुंगाकी मृगौला रोगी लिला माया मगरलाई आर्थिक सहयोग गरेको हो । साउदी अरबमा संकलित रकम पीडितकी नन्द आइती माया आलेमगरलाई ८ हजार १५२ साउदी रियल (नेपाली ( २ लाख ५२ हजार ७१२) एक कार्यक्रमकाबीच गन्तव्य नेपालका अभियन्ताहरूले हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी ज्वालामुखी गाउँ पालिका वार्ड न –४ , धादिङका मृगौला रोगी वीर बहादुर सार्कीलाई १ हजार साउदी रियल (नेपाली ३० हजार ६६५ रुपैयाँ) सहयोग हस्तान्तरण गरिएको छ । त्यस्तै आरुघाट गाउँ पालिका वार्ड न –६ गोरखा बस्ने १३ वर्षीय ब्रेन ट्युमर भएका आशिष गुरुङलाई पनि१ हजार साउदी रियल (नेपाली ३० हजार ६६५ रुपैयाँ) सहयोग गरिएको छ।

गन्तव्य नेपालका अभियन्ताहरु बोध नारायण श्रेष्ठ, यादव घिमिरे, उपेन्द्र सुवेदी, सुन्जित तामाङ्, मिलन गुरुङ, राजेन्द्र थापा, हिरा केसी, राजु बराल, राज कुमार मण्डल, पदम राई, निलु राई, कृष्ण माया बिक, रिम गौतमलगायतका व्यक्तिहरुको सहयोगमा उक्त संकलन गरिएको थियो।

गन्तव्य समुहका सामाजिक अभियान्तहरुले भुकम्प पीडित,बाढी पहिरो पीडित ,मुटु रोगी, मृगौला रोगी,विदेशमा अलपत्र परेका श्रमिक, कोरोना कहरमा परेका लगायतका विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोगको लागि हातेमालो गर्दै आएका छन्।

केहीदिन अघि मात्रै साउदीमा अलपत्र ६ जना नेपाली महिलाको उद्धारको लागि गन्तव्य नेपाल साउदी टिमले २७ सय ५० साउदी रियल आर्थिक सहयोग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *