टोकियो ओलम्पिकका डाइरेक्टरद्वारा राजीनामा

डिसी नेपाल
२७ भदौ २०७७ ६:४५

काठमाडौं । टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरोफुसीले पदबाट राजीनामा दिएका छन ।

कोरोना भाइरसका कारण प्रतियोगिता आउन १० महिना बाँकी रहेका बेला कोजी पद छोडेर जापान स्पोर्टस एजेन्सीमा गएका छन ।

पूर्व ओलम्पिक स्वर्ण पदक विजेता कोजी टोकियो ओलम्पिक आयोजक कमिटीका मुख्य व्यक्तिमध्ये एक थिए । उनी यो कमिटीमा सन् २०१४ देखि आबद्द थिए । उनकै सल्लाहमा प्रतियोगिताको तालिका डिजाइन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.