मागअनुसार साउदीका लागि उडान थपिएन, रियादका लागि ४ उडान थपिए

डिसी नेपाल
२९ भदौ २०७७ १८:०३
12
Shares

रियाद। साउदीको रियादबाट काठमाडौंका लागि थप उडान तय भएका छन्। नेपाल एयरलाइन्सको रियाद–काठमाडौं सेक्टरका लागि केही उडानहरु थप भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार १७, १९, २३ र २७ सेप्टेम्बरमा नेपाल एयरलाइन्सका उडान थपिएका हुन्। यी उडानहरुमार्फत स्वदेश फर्किन यसअघि विभिन्न मितिमा दूतावासले निकालेको सूचीमा नाम समावेश भएको हुनुपर्नेछ।]

रियादस्थित नेपाली दूतावासले दमाममा ५ र रियादमा ५ गरि थप १० उडानको माग गरेको थियो। तर, सरकारले रियादमा मात्रै ४ उडान थपेपछि त्यहाँका नेपालीहरुले असन्तुष्टि जनाएका छन्। साउदी अरबको पूर्वी क्षेत्र दमाम पनि औधोगिक क्षेत्र भएकाले कोरोनाको असर त्यहाँ पनि उत्तिकै परेको छ। दमाममा पनि रोजगारी गुमाएका हजारौँ नेपाली छन्। जसले स्वदेश फर्काइदिन माग गर्दै दूतावासमा आवेदन दिएका छन्।

समस्यामा परेका नेपालीहरुको उद्धार गर्न १० उडानले मात्रै साउदी अरबको समस्या समाधान हुने अवस्था छैन। दूतावासले माग गरे अनुसार नेपाल सरकारले जहाज उडाएमा मात्रै श्रमिकहरुको उद्धार गर्न सम्भव रहेको रियादस्थित दूतावासका एक कर्मचारी बताउँछन्।

पछिल्लो समस्यामा  उडान संख्या कम भएपछि ट्राभल एजेन्सीमा टिकट खरिद गर्न भिडभाड बढ्न थालेको छ । जहाज अप्रायप्त भएपछि त्यसैको मौका छोपेर अहिले टिकटमा कालोबजारी गर्नेहरुको पनि बिगबिगी बढेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *