राष्ट्र संघीय मानवअधिकार आयोगद्वारा चीनका उइगर मुस्लिमबारे चिन्ता प्रकट

डिसी नेपाल
३० भदौ २०७७ ०:१२

जेनेभा (एएनाई)। राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त मिचेल बचेलेटले चीनको शिनज्याङ वीगर स्वायत्त प्रान्तमा त्यहाँका उइगर मुस्लिम समुदायमाथि मानवअधिकार हननका घटनाहरु भएको भन्दै चिन्ता प्रकट गरेकी छन्।

जेनेभमा सोमबार शुरु भएको राष्ट्र संघीय मानवअिधकार परिषदको ४५ औं बैठकको उद्घान सत्रमा आफ्नो मन्तव्य दिँदै उनले चीनका उइगर मुस्लिमहरुमाथि चीन सरकारले गरेको व्यवहारको आलोचना गरेकी हुन्। उनले त्यहाँ मुस्लिम समुदायमाथि जबरजस्ती परिवार नियोजनाको कार्यक्रमसमेत थोपारिएको बताएकी छन्। उनले मुस्लिम अल्पसंख्यकको धार्मिक पहिचान नष्ट गर्ने गरी चिनियाँ सरकारले दमन गरेकोसमेत उल्लेख गरेकी छन्।

उच्च आयुक्त बचेलेटले चीनको स्वशासित क्षेत्र हङकङमा यसै वर्षको जुलाईमा लागु भएको नयाँ सुरक्षा कानूनको पनि आलोचना गरेकी छन्। उनले सो कानूनअनुसार हङकङकमा मानवअधिकारको हनन्का घटनाहरु भइरहेको भन्दै त्यसको आलोचना गरेकी हुन्। उनले राष्ट्र संघीय मानवअिधकार आयोगले हङकङको अवस्थाबारे हेरिरहेको भन्दै नयाँ कानून अनुसार हालसम्म २४ जनामाथि मुद्दा दायर गरिरएकोमा पनि विरोध जनाएकी छन्।

उच्च आयुक्त बचेलेटले पाकिस्तानको नियन्त्रणमा रहेको स्वतन्त्र कश्मिरमा मानिसहरुले इन्टरनेट सुविधा पनि सिमितमात्रामा पाएको भन्दै चिन्ता प्रकट गरेकी छन्। उनले त्यहाँको शैक्षिक अवस्थाबारे पनि चिन्ता प्रकट गरेकी छन्।

उनले अफगानिस्तानको मानवअधिकारको अवस्थाबारे पनि चिन्ता प्रकट गरेकी छन्। उनले यसै वर्षमात्र ३५०० सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै अफगानिस्तानमा शान्ति स्थापना हुनुपर्ने बताएकी छन्। कतारको दोहामा अफगान सरकार र तालिबानबीच वार्ता भइरहेका बेला उनको यो भनाई आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.