दैनिक ९० मिनेट किम जोङ उनबारे पढ्नुपर्ने आदेश

डिसी नेपाल
३१ भदौ २०७७ २२:१५

सियोल (एजेन्सी)। पूर्व प्रथामिकमा अध्ययनरत बालबालिकाका लागि उत्तर कोरियामा हालै जारी गरिएको नयाँ पाठ्य पुस्तकमा अनौठो व्यवस्था गरिएको छ। समाचार एजेन्सीअनुसार नयाँ पाठ्यक्रमअनुसार अब बालबालिकाले दैनिक ९० मिनेट त्यहाँका राष्ट्रपति किम जोङ उनबारे पढ्नुपर्ने छ।

उत्तर कोरियाकी कार्यबाक नेता किम यो जोङले यस्तो पाठ्यक्रम बनाउन आदेश दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। किम यो जोङ किम जोङ उनकी बहिनी हुन्। उनी उत्तर कोरियाको सेकेण्ड कमाण्डर रहेको दक्षिण कोरियाली सुरक्षा एजेन्सीहरुले बताउने गरेका छन्।

किम जोङ उनबारे बाल्यकालदेखि नै सकरात्मक धारणा बनाउनका लागि नयाँ पाठ्यक्रममा त्यस्तो व्यवस्था गरिएको जनाइएको छ। उत्तर कोरिया कम्युनिष्ट शासन भएको मुलुक हो। त्यहाँ कुनै किसिमको स्वतन्त्रता नरहेको बताइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *