विवादित सीमा क्षेत्रमा भारत अझै रेडियो संचारकै भरमा, चीनले अप्टिकल फाइबर बिच्छ्याउँदै

डिसी नेपाल
१ असोज २०७७ १०:२६

काठमाडौं। लद्दाखमा भारत र चीनको सेनाबीच तनाव बढिरहेका बेला चीनले यहाँ अत्याधुनिक संचारको विकास गर्न लागेको छ । चीनको यो अत्याधुनिक व्यवस्थापन सम्भावित युद्धलाई मध्यनजर गर्दै गरिएको विश्वास गरिएको छ । युद्धको स्थितिमा संचारको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ र चीन यहाँ संचार क्षेत्रमा निकै बलियो भएर बस्ने तयारीमा छ । यहाँ भारतीय सेना अझै पनि रेडियो फ्रिक्वेन्सी संचारमै निर्भर छ तर चीनले भने यहाँ अप्टिकल फाइबर बिच्छ्याउन सुरु गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

चीनको यो कदमका विषयमा २ भारतीय अधिकारीले रोयटर्ससँग चिनियाँ सैनिकले पश्चिमी हिमालयको फ्ल्याशप्वाइन्टमा अप्टिकल फाइबर बिच्छ्याइरहेको देखिएको बताएका छन् । अधिकारीहरुका अनुसार त्यहाँ जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले उच्च स्तरीय वार्ता भइरहेका बेला चिनियाँ सैनिकले फाइबर बिच्छ्याउन जमिन खन्दै थिए । एक बरिष्ठ अधिकारीका अनुसार पछाडिका सैन्य अड्डाबाट फ्रन्टलाइनको टुकडीलाई संचारको सुरक्षित सुविधा उपलब्ध गराउन सक्ने केबलहरु हिमालय क्षेत्र लद्दाखमा पेगोंग त्सो तालको दक्षिणमा देखिएका छन् ।

चीनको विदेश मन्त्रालयले रोयटर्सलाई यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गर्यो । पेगोंग त्सो तालको दक्षिणमा ७० किलोमिटर लामो मोर्चामा ट्यांक र लडाकू विमान तैनाथ गरिएपछि दुई देशका सेनाबीच तनाव चरममा छ । चीनले भारतमाथि तनाव बढाएको आरोप लगाइरहेको छ । एक अन्य भारतीय अधिकारीले सोमबार भने ‘दुवै देशका विदेश मन्त्रीहरुको गत हप्ता छलफल भएपछि दुवै देशबीच कुनै कुराकानी वा तनावमा कमी आएको छैन । स्थिति पहिलेजस्तै तनावपूर्ण छ । लेअ लद्दाखका मुख्य बहरमाथि भारतीय लडाकू विमान दिन रात उडिरहेका छन् र भारतीय सीमाको पट्रोलिङ गरिरहेका छन् ।’

ती अधिकारीले अगाडि भने ‘हाम्रो सबेभन्दा ठूलो चिन्ता यो हो कि उनीहरुले उच्च गतिको संचारको लागि अप्टिकल फाइबर केवल बिच्छ्याएका छन् । पेगोंग त्सो तालको जुन दक्षिण किनारामा केबल बिच्छ्याइएको खुलासा भएको छ त्यहाँका केही विन्दुहरुमा भारतीय र चिनियाँ सेनाबीच केवल १०० मिटरको दूरी बाँकी छ ।’ अर्का एक अधिकारीले पनि भारतीय इन्टेलिजेन्स एजेन्सीले १ महिना पहिले पेगोंग त्सो तालको उत्तरमा यस्तै केबल बिच्छ्याएको जानकारी दिएको बताएका थिए । भारतीय अधिकारीहरुका अनुसार सैन्य अधिकारीहरुलाई यस विषयमा सचेत गराइएको छ किनक केही स्याटेलाइट तस्वीरमा पेगोंग त्सोको दक्षिणमा उच्च उचाइको मरुभूमिको बाुवामा असामान्य रेखाहरु देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *