यो कथा भैसक्यो (कविता)

डिसी नेपाल
३ असोज २०७७ ९:२१

यो कथा भैसक्यो
धेरै लामो युगपछि
उभिएका थियौं एकैसाथ
अग्लो पहाड बनेर
यो दुनियाँमा ।

पृथ्वी लोकमा तेरो मेरो
सबैको साम्य हुनेछ
र हुनेछ केवल
राम्रो हामी सबैको
समान अधिकारमा बाँच्ने
आफ्नो अस्तित्व बचाउन यहीँ माटोमा
लागेका थियौं हामी ।

अचेल सबै उठेका छन्
बस्तीमा अधिकार आएको छ
भनिन्छ लड्न पर्ने छैन
सबैका दु: ख दर्द
अझै फुच्चे हुनेछन् ।

तर पनि काम गर्नेले काम पाएका छैनन्
आखिर बाँच्नकै लागि
यो साझा धर्तीमा जतिसुकै भेल उर्ले पनि
तर्नुछ सबै एकै साथ
यहाँ कुनै सीमा छैन ।

युरी गागरिनको
अन्तरीक्ष यात्राको अनुभव झैँ
अर्थात् माथिबाट राजनीतिक सीमारेखा देखिँदैन
तर समाज , वर्ग विभाजित भएर चलिरहेछ
मान्छेको सही पहिचान बनाउन
मान्छेले साँचो परिचय दिन
बिहानीको लालीसँगै
झुल्केघाममा रमाउन
समानताको बिगुल फुक्न निस्केका थियौँ।

हिजो हाम्रो वर्ग थियो
जनता थिए हाम्रो साथ
जनताकै हितमा बनाउँथ्यौँ योजना
सबै भुइँमान्छेहरु सँगै थियौँ।

तर आज वर्ग फेरिएको छ
ती सबै अर्थहीन भएका छन्
खुसीमा बजेका तालीहरु
घाम पानीमा बचाउने पालीहरु
भोकै नराख्ने अन्नबालीहरु
पराई भएका छन्।

साँच्चै भनुँ भने
यो सबै कथा भैसक्यो
हुँदाहुँदा म पनि त
कथाको पात्र भइ सकेँ।

सर्केगार्ड -८ हुम्ला


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *