रुससँग तनाव भएपछि अमेरिकाले सिरियामा सैन्यशक्ति बढायो
वाशिङ्टन (एजेन्सी)। सिरियामा रुसी र अमेरिकी सेनाबीच झडप भएपछि अमेरिकाले त्यहाँ सैन्य शक्ति बढाएको छ। अमेरिकाले सिरियाको उत्तरपूर्वी सीमामा १०० सेना थपेको जनाएको छ। अमेरिकी सैन्य कमाण्डरले सिरियामा अमेरिका कुनै गठबन्धन सेनासँग तनाव नचाहने तर, आफ्नो सुरक्षा भने गर्ने जनाएका छन्।
हालै सिरियामा अमेरिकी सेनाको पेट्रोलिंगमाथि रुसी सेनाले अवरोध गर्दा झडप भएको समाचारहरु आएका थिए। सिरियाको गृह युद्धमा अमेरिका, रुसलगायतका विदेशी सेना सक्रिय छन्।
रुसी सेनाले सिरियाका राष्ट्रपति बसर अल असदको समर्थन गर्दै आएको छ भने अमेरिकी सेनाले विद्रोही गुटलाई समर्थन गर्दै आएको छ। त्यसैले पनि रुस र अमेरिकी सेनाबीच तनाव बढिहरेको छ। यद्यपी दुबै देशका सेना सिधा एकाअर्काविरुद्ध लडाईँ भने लडिरहेका छैनन्।
अमेरिकाले रुसी सेनासँगको झडपपछि हवाई गस्ती पनि बढाएको जनाइएको छ।







डिसी नेपाल








Facebook Comment