कोरोनाभाइरसबाट भ्याक्सिनले भन्दा धेरै सुरक्षा मास्कले दिन्छ – विशेषज्ञ
काठमाडौं। अमेरिकाको प्रमुख स्वास्थ्य संस्था सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक डा. रोबर्ट रेडफिल्डले कोरोनाभाइरसबाट बचाउनको लागि भ्याक्सिनले भन्दा धेरै सुरक्षा मास्कले दिने बताएका छन् । सिबीएस न्यूजको रिपोर्टअनुसार सीडीसीका निर्देशक डा. रेडफिल्डले अमेरिकी संसदको एक कमिटीमा यो कुरा बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने मास्क लगाउने नीतिका ठूला समर्थक होइनन् । यस विषयमा सांसदहरुले निर्देशक डा. रेडफिल्डसँग सोध्दा उनले भने ‘म राष्ट्रपतिको सन्दर्भमा प्रतिक्रिया दिन सक्दिन तर सीडीसीको निर्देशकको रुपमा भन्छु, फेसमास्क जनताको स्वास्थ्यको लागि सबैभन्दा शक्तिशाली औजार हो । म हरेक अमेरिकीसँग अपिल गर्छु कि उनीहरु फेस मास्क लगाउन् ।’
डा. रेडफिल्डले अमेरिकीहरुले केही हप्तासम्म मास्क लगाइरहेमा महामारीलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने बताए । उनले अगाडि भने ‘वैज्ञानिक प्रमाण छन् कि मास्कले काम गर्छन् र सबैभन्दा अधिक सुरक्षा दिन्छन् ।’ अमेरिकी सांसदहरुको अगाडि डा. रेडफिल्डले अगाडि भने ‘म अगाडि बढेर यो पनि भन्छु जब मैले कोरोनाको भ्याक्सिन लगाउँछु त्यो भन्दा धेरै सुरक्षा मैले यो मास्कबाट पाइरहेको छु । किनकि यसले ७० प्रतिशतसम्म सुरक्षा दिन्छ तर मेरो शरीरमा इम्युन रेस्पोन्स भएन भने भ्याक्सिनले मलाई सुरक्षा दिने छैन ।’
रिपोर्टका अनुसार अन्य अमेरिकी विशेषज्ञ पनि डा. रेडफिल्डको तर्कसँग सहमत छन् । यसको पछाडिको कारण हो भ्याक्सिनले इम्युन रेस्पोन्सको ग्यारेन्टी दिन सक्दैन । यसअघि अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले भ्याक्सिन ५० प्रतिशतसम्म प्रभावकारी भएमा स्वीकृति दिइने बताएको थियो । यदि यस्तो भएमा भ्याक्सिनले कोरोनाबाट बिरामी हुनेहरुको संख्या त घटाउँछ तर हरेकलाई सुरक्षा भने दिने छैन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment