चीनसँगको सीम तनावमा भारतले रणनीतिक अग्रता लिएको दावी, ६ वटा पहाडमा कब्जा
नयाँ दिल्ली (एजेन्सी)। चीनसँगको सीमा तनावका बीच भारतले रणनीतिक अग्रता लिएको दावी गरेको छ। भारतीय सञ्चार माध्यम आजतकले भारतीय उच्च सरकारी अधिकारीको हवला दिँदै ६ वटा पहाडमा भारतीय सेनाले कब्जा गरेको जनाएको छ।
पछिल्ला २० दिनमा भारतीय सेनाले ६ वटा पहाडमा कब्जा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मागर हिल, गुरुंग हिल, रेजांग ला राचाना ला, मोखपारी र फिंगर ४ रिज लाइनमा रहेका सबैभन्दा अग्ला पहाडमा चुचुरोमा कब्जा गरेको आजतकले जनाएको छ। यी पहाडमा सेनाले कब्जा गर्नु भारतको रणनीतिक अग्रता रहेको बताइएको छ।
गएको मे महिनादेखि सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच तनाव भइरहेको छ। जून १५ मा चिनियाँ सेना र भारतीय सेनाबीच भएको झडपमा २० जना भारतीय सेनाका जवान मारिएका थिए। चीनतर्फ पनि केही सैनिक मारिएको जनाएको छ।
हालै सीमा क्षेत्रमा गोलीसमेत चलेको थियो। ४५ वर्षपछि सीमा क्षेत्रमा गोली चलेको हो।
सीमा क्षेत्रमा तनाव चलिरहेका बेला दुई देशबीच राजनीतिक तहमा वार्ता पनि भएको छ। दुईदेशका विदेशमन्त्रीबीच पनि रुसको मस्कोमा वार्ता भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment