रोहित ईन्डोनेसिया प्रस्थान

डिसी नेपाल
६ असोज २०७७ १५:५१
8
Shares

काठमाडौं । इन्डोनेसियाको लिग–वान फुटबल कोरोना भाइरसका कारण अनिश्चित बनेपछि स्वदेश फर्किएका राष्ट्रिय फुटबलर रोहित चन्द पुनः ईन्डोनेसियाको जाकार्ता प्रस्थान गरेका छन । रोहित मंगलवार मलेसियाको क्वालालम्पुर हुदै जाकार्ता प्रस्थान गरेका हुन । कोरोनाका कारण इन्डोनेसियन लिग फेब्रुअरीमा तीन चरणका खेल नसकिदै स्थगित भएको थियो । जसमा रोहितको टिमले मात्र २ खेल खेलेको थियो । जसमा एकमा जित र एकमा हार बेहोरेको थियो ।

पर्सिजाबाट ब्यवसायीक फुटबल खेलिरहेका रोहितले खेल्ने लिग कोरोनाको महामारीका कारण फेरी सुरू हुँदा केहि परिवर्तन हुने देखिएको छ । रोहित जाकार्ता पुगेपछि दुई साता आइसोलेसनमा बस्नेछन । त्यसपछि परिक्षण गरेर टिमको प्रशिक्षणमा सामेल हुनेछन । इन्डोनेसियन लिग वन अक्टोबरबाट हुने संभावित तालिका रहेकाले रोहित इन्डोनेसिया जान लागेका हुन । पर्सिजा टिमका अरु खेलाडी प्रशिक्षणमा जुटिसकेका छन ।

https://www.facebook.com/permalink.php?story_fbid=3592892544055090&id=190621577615554




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.