सरकारले बन्देज लगाए पनि फुटसल खेल बुधबार शुरु गर्ने फुटसल व्यवसायी संघको चेतावनी

डिसी नेपाल
६ असोज २०७७ २१:०१

काठमाडौं। कोरोना संक्रमण बढ्न सक्ने भन्दै जोखिमयुक्त मानिएको फुटसल खेलमा सरकारले बन्देज लगाए पनि फुटसल व्यवसायी संघले भने बुधबार देशभर फुटसल शुरु गर्ने जनाएको छ। संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले बन्देज फुकुवा नगरे पनि व्यवसाय धरापमा परेको भन्दै खेल शुरु गर्न लागिएको जनाएको छ। संघले स्यानिटाइजर प्रयोग, मास्क प्रयोग र आपसमा मात्र खेल खेलाइने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लोपटक जारी गरेको आदेशमा अर्को निर्णय नभएसम्म फुटसललगायतका खेलहरुमा प्रतिबन्ध लगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *