आइस भित्र बसेर विश्व कीर्तिमान

डिसी नेपाल
७ असोज २०७७ ७:४३

भियना। अष्ट्रियाका एकजना पुरुषले पौडी खेलको कटु मात्र लगाएर आइस क्युव भरिएको काँचको बाकसमा २ घन्टा ३० मिनेट र ५७ सेकेन्ड बसेर नयाँ विश्व कीर्तिमन कायम गरेका छन्। कोयवर्ल नामक ति युवकको काँध सम्म आइस क्युव भरिएको थियो।

मेल्क शहरमा आयोजित उक्त साहसिक कार्य प्रत्यक्ष अवलोकन गर्न आएका पत्रकारहरुलाई उनले चिसोको पिडा खप्नका लागि आफूले निरन्तर सकारात्मक भावनाको परिकल्पनना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताएका छन्।

तर सन् २०१९ मा उनले नै राखेको कीर्तिमान ३० मिनेटले तोड्नका लागि सो बाकसमा ४ सय ४० पाउनड भन्दा बढि आइस राख्नु परेको छ। बाकसबाट निस्कना साथ सूर्यको किरणको स्पर्श पाएर निकै आनन्द लागेको उनले बताएका थिए। उनले आगामी वर्ष अमेरिकाको लस एन्जेल्समा एकपटक पुन यो किर्तिमान तोड्ने योजना सुनाएका खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *