आइपिएलः जब बलरले नै बुझेनन् ब्याट्सम्यान कसरी आउट भए ?

डिसी नेपाल
८ असोज २०७७ १०:३४

काठमाडौं। आइपिएल अन्तर्गत गएराती भएको मुम्बइ इण्डियन्स र कोलकाता नाइटराइडर्सबीचको खेलमा एउटा रोचक घटना भयो । यसमा मुम्बइ इण्डियन्सका ब्याट्सम्यान हार्दिक पंड्या निकै अनौठो तरिकाले आउट भए । सुरुमा कसैले बुझ्नै सकेनन् कि के भयो । हार्दिक क्रिज छोडेर हिँडे तर बलिङ गरिरहेका आन्द्रे रसेलले समेत बुझेनन् कि हार्दिक कसरी आउट भए ।

खासमा हार्दिक पंड्या हिट विकेट आउट भएका थिए अर्थात हार्दिकले बल हान्ने प्रयास गरेका थिए तर ब्याटले आफूपछाडिको स्टम्पमा हाने । १९ औं ओभरको तेस्रो बल योर्कर थियो । हार्दिकले यो बल हान्ने प्रयास गरे तर अचानक स्पम्पको बत्ती बल्यो । हार्दिक एकछिन त के भयो भनेर जिल्ल परे किनकि बलले स्टम्पमा लागेकै थिएन । यो जारी सिजनको पहिलो हिट विकेट हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.