जिम्बावेले पाकिस्तानमा विश्वकप सुपरलिग खेल्ने

डिसी नेपाल
८ असोज २०७७ १२:०९

काठमाडौं । जिबाब्वे क्रिकेट टोलीले आगामी अक्टूबरमा पाकिस्तान भ्रमण गर्ने अनुमति पाएको जनाएको छ । भ्रमणको क्रममा जिम्बाबेले पाकिस्तानमा विश्वकप सुपरलिग अन्तर्गत एकदिवसीय सिरिज र टि २० सिरिज खेल्नेछ । बुधवार जिम्बाबे क्रिकेट बोर्डले टोली पाकिस्तान भ्रमण गर्न तयार रहेको जनाएको छ । बोर्डले पाकिस्तान भ्रमणको लागि अनुमति पाएको र टोलीले बर्षको अन्त्यमा पाकिस्तान भ्रमण गर्ने जनाएको छ । टोलीले पाकिस्तानमा ३ एकदिवसीय तथा ३ टि २० खेलको सिरिज खेल्नेछ ।

आईसीसीले बुधवार जिम्बाबेले पाकिस्तान भ्रमण गर्ने जनाएको छ । आईसीसीले सोसल मिडियामा पोस्ट गर्दे टोलीले अनुमति पाएको जनाएको छ । कोरोना महामारीको कारण क्रिकेट टोलीहरुको बिदेश भ्रमण रद्द गरिएको थियो। इङल्यान्ड र वेस्टईन्डिज बीचको टेस्ट सिरिजसँगै क्रिकेट पुनः बहाली भएको छ। त्यसपछि पाकिस्तानको टोलीले इङल्यान्ड भ्रमण गर्‍यो। टेस्ट र टी २० सीरिज खेलेर फर्केको पाकिस्तानले र इङल्यान्डलाई घरेलु मैदानमा बोलाएर केही खेलहरु आयोजना गर्न चाहान्थ्यो तर सम्भव नभएपछि जिम्बाबेसँग सिरिज खेल्ने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.