सामाजिक दूरीको कारण जर्मनको एक फुटबल क्लब ३७ गोलले पराजित

डिसी नेपाल
८ असोज २०७७ १५:२२

काठमाडौं । जर्मनको तल्लो स्तरको एक लिगमा एक क्लबले ०–३७ गोलले पराजित हुन पुगेको छ । क्लबले सामाजिक दूरी पालना गरेको कारण विशाल गोल अन्तरले पराजित हुन पुगेको हो । क्लबले सामाजिक दूरी पालना गर्दे कोरोना संक्रमणबाट बच्न केवल ७ खेलाडीहरुलाई मात्र मैदानमा पठाएको थियो ।

ईएसपीएनको एक रिर्पोट अनुसार जर्मनीको तल्लो स्तरको लिग क्रेइस्क्लासेमा १३ सेप्टेम्बरका दिन एसजी रिपोडोर्फ–मोल्जेन २ को सामना एसवी होलडेनस्टेड्ट २ सँग भएको थियो । उक्त खेलमा एसजी रिपोडोर्फ ३७ गोलले पराजित भएको हो । एसवी होलडेनस्टेड्टले प्रत्येक २ मिनेटमा गोलको बर्षात गरेको थियो ।

वास्तवमा उक्त दिन रिपडोर्फ टोलीले होलडेनस्टेड्ट टोलीका एक खेलाडीमा कोरोना संक्रमण भएको जानकारी पाएका थिए । तर पछि होलडेनस्टेड्टको सम्पूर्ण खेलाडी सदस्यहरुको कोरोना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो । तर रिपडोर्फका खेलाडीहरुले आफुलाई असुरक्षित महसुुस गरिरहेका थिए र उनीहरुले खेल नै स्थगित गर्न आग्रह गरेका थिए । संक्रमण हुने डरले रिपडोर्फका खेलाडीहरु मैदानमा जान डराईरहेका थिए । जसकारण टोलीका मात्र ७ खेलाडी मैदानमा गएका थिए ।

रिपडोर्फका चेयरम्यान पैट्रिक रिस्टोले ईएसएपीएनलाई भने, “हामीले खेल स्थगित गर्न सोध्यौं, तर होल्डनस्ट्याड खेल्न चाहन्थ्यो। जब खेल सुरु भयो, हाम्रा खेलाडीले बल पास गरे अनी हाम्रो टोली साइडलाइनमा उभियो। होलडेनस्टेड्टले गोल गर्यो, तर रेफ्रिले हाम्रो कप्तानलाई खेलको भावना बिरूद्ध व्यवहार गरेको दोषी पाएका थिए।” उनले भने, “टोलीले कुनै पनि प्रकारको जोखिम लिन चाहेन त्यसैले खेलाडीहरू मैदानमा गए तर केवल उभिए मात्रै।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.