एफआईएच प्रो हक्की लिगमा जर्मनीलाई दोहरो सफलता

डिसी नेपाल
८ असोज २०७७ २३:१३
8
Shares

काठमाडौं । जर्मनीले एफआईएच प्रो हक्की लिगमा दोहरो सफलता हासिल गरेको छ। जर्मनीको महिला र पुरुष टोलीले बेल्जियमसँग डबल हेडरमा जित हाँसिल गरेको छ। जर्मनीको महिला टोलीले बुधवार पहिलो खेलमा बेल्जियमलाई ३–१ ले पराजित गरेको छ। जर्मनीका लागि हाना गाब्लाक, सेसिली पेपर र रेबेका ग्रूटले गोल गरिन। जर्मन महिलाको बेल्जियम माथि लगातार यो दोस्रो जित हो।

त्यस्तै मंगलबार बेल्जियम सँगको खेलमा जर्मन पुरुष टिमले बेल्जियमलाई शुटआउटमा पराजित गर्दै स्कोर १–१ पुर्‍याएको छ । अर्को प्रो लिग खेल अक्टुबरमा खेलाइनेछ । खेलमा नेदरल्याण्ड र बेलायतका महिला र पुरुष टिम आमने सामने हुनेछन्। खेलहरू नेदरल्याण्डमा हुनेछ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.