आईपीएलमा खेलको नियम उल्लंघन गरेको कारण कोहलीमाथी जरिवाना

डिसी नेपाल
९ असोज २०७७ ११:१२
4
Shares

काठमाडौं । रोयल च्यालेन्जर्स बेङलोर (आरसीबी) का कप्तान विराट कोहलीको लागि बिहिवार किंग्स एलेभेन पञ्जाव बिरुद्वको खेल महंगो साबित भएको छ । खेलमा फितलो प्रदर्शन गरेर टोलीलाई हारतर्फ उन्मुख गराएका विराटले आईपीएलको कोड अफ कनडक्टको नियम तोडेको कारण उनीमाथी १२ लाख भारतीय रुपैंया जरिवाना लगाइएको छ । पञ्जाव बिरुद्वको खेलमा विराटको टोलीले स्लो ओभरको फालेकोले उनीमाथी जरिवाना लगाइएको हो ।

बिहीबार भएको छैटौं खेलमा विराट कोहली, एबीडी भिलर्स र एरोन फिच्न जस्ता स्टार ब्याट्सम्यान रहेको आरसीबी पञ्जावको स्पीन आक्रमण अगाडि टिक्न सकेन । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको पञ्जावका लागि कप्तान राहुलले ६९ बलमा नटआउट १३२ रन बनाउँदा टिमले २०६ रन बनायो। २०७ रनको लक्ष्य पछ्याएको विराट कोहलीको आरसीबी १७ ओभरमा १०९ रन बनाउँदा अल आउट भयो।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *