बलात्कार आरोपमा लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष पुर्पक्षका लागि जेल चेलान
काठमाडौं। बलात्कार आरोप लागेका रामेछापको लिखु(तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पुर्पक्षका लागि जेल चलान भएका छन्। उनीमाथि शरीर बन्धक, बलात्कार र ठगीको अभियोग लागेको छ। थुनछेकको बहस सकिएपछि शुक्रबार जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।
अदालतले बलात्कार अभियोगमा खड्कालाई पुर्पक्षको लागि जेल पठाउने आदेश दिएको हो।
अदालतले ठगी मुद्दामा ५० लाख रुपैयाँ र शरीर बन्धक मुद्दामा २ लाख रुपैयाँ धरौटी पनि खड्कासँग माग गरेको छ। खड्काको पक्ष र विपक्षमा शुक्रबार नौ जना वकीलहरूले बहस गरेका थिए। पक्राउ परेको २५ दिनपछि अनुसन्धान सकेर भदौ २३ गते प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय मार्फत अदालत पेश गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment