यात्रा (कविता)

डिसी नेपाल
१० असोज २०७७ ७:५०
20
Shares

हार्नेहरु पनि इतिहास लेख्छन भनेर

मैले जित्न नसकेको हुँ

हार्दैमा इतिहास लेखिन्न भनेर

मैले हार्न नसकेको हुँ

फोरेर ढुङ्गा, रोपेर पसिना

मैले सुन फलाएको हुँ

किसान भएर इतिहास लेख्न सकिन

त्यसैले व्यापारी भएको हुँ

उसैसङ्ग खरिद गरेर

उसैलाइ बेचेर नाफा कमाएको हुँ

व्यापारी भएर इतिहास रच्न सकिन

त्यसैले म नेता भएको हुँ

केही नयाँ गर्छु भनेर

कुरा मात्र नयाँ गरेको हुँ

नेता भएर इतिहास रच्न सकिन

त्यसैले म गुण्डा भएको हुँ

धम्क्याएर सोझालाई

रवाफ राम्रै देखाएको हुँ

गुण्डा भएर इतिहास रच्न सकिन

तेसैले म चोर बनेको हुँ

हुनेको चोरेर

नहुनेलाइ दिएको हुँ

चोर भएर पनि इतिहास रच्न सकिन

त्यसैले म जोगी भएको हुँ

आफ्नै घर जलाएर

घसें खरानी शरीरभरी

जोगी भएर इतिहास लेख्न सकिन

त्यसैले म लेखक भएको हुँ

हो म लेखक हुँ

इतिहास लेख्न लेखक नै हुनुपर्ने रहेछ

तर मैले लेखेको इतिहास कसैले नपढेपछि

म आफै ध्वस्त भएको हुँ

ध्वस्त भैसकेपछि पो बल्ल

मैले इतिहास लेखेछु

केही नगरी ध्वस्त भएकोमा

म आफै इतिहास भएछु


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *