ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

डिसी नेपाल
१० असोज २०७७ १३:२३

ब्रासिलिया। ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्। पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा ९२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३१ हजार ३६० जना सङ्क्रमित भएका छन्। योसँगै ब्राजिलमा अहिलेसम्म ४६ लाख ८९ हजार ९६५ जना सङक्रमित भएका छन्।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ४० लाखभन्दा बढी सङ्क्रमित ठिक भएका छन्। ब्राजिल विश्वमा अमेरिका र भारतपछि सबैभन्दा धेरै सङ्क्रमित हुने देशमा पर्दछ। अमेरिकामा अहिलेसम्म ७२ लाखभन्दा बढी नागरिक कोरोनाबाट सङ्क्रमित भएका छन् भने भारतमा करिब ५९ लाख नागरिक यसका संक्रमित छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *