कोरोना भ्याक्सिनको विकासमा लागेको सीरमले सोध्यो : केन्द्र सरकारले ८० हजार करोड दिन सक्छ?

डिसी नेपाल
१० असोज २०७७ २१:००

नयाँ दिल्ली (एजेन्सी)। अक्सफोर्ड र एस्ट्रोजोनले विकास गरिरहेको कोरोभनाविरुद्धको भ्याक्सिनमा सहभागिता जनाइरहेको भारतको सीरम इंस्टीट्यूट अफ इंडियाका मुख्य कार्यकारी अदार पूनावालाले भारत सरकारले ८० हजार करोड भारु खर्च गर्नुपर्ने बताएका छन्।

उनले भारत सरकारलाई ८० हजार करोड भारु दिन सकिन्छकी भनेर सोधेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटमा ट्याग गरेर उनले यो प्रश्न गरेका हुन्। उनले भारतमा सबै मानिसहरुलाई यो भ्याक्सिन उपलब्ध गराउन सो रकम आवश्यक पर्ने बताएका छन्।

सीरमले अक्सफोर्डले विकास गरेको भ्याक्सिन र एस्ट्रोजनले विकास गरेको भ्याक्सिनमा रिसर्च गरिरहेको छ। सीरम संसारकै ठूलो भ्याक्सिन उत्पादन गर्ने एक कम्पनी हो। यो कम्पनीले एक वर्षमा १ करोड ३५ लाख डोज भ्याक्सिन उत्पादन गर्ने क्षमता राख्छ।

सीरमले भारतमा उत्पादन हुने ५० प्रतिशत भ्याक्सिन भारतीयलाई र ५० प्रतिशत अन्य देशलाई दिइने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *