काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित, ५ जनाको मृत्यु

डिसी नेपाल
११ असोज २०७७ १६:३६

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २९४ महिला र ५१५ पुरुष गरी थप ८०९ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ६३३ (२३० महिला, ४०३ पुरुष), भक्तपुरमा ७२ (२१ महिला, ५१ पुरुष), ललितपुरमा १०४ (४३ महिला, ६१ पुरुष० मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका दुई पुरुष र एक महिला साथै ललितपुर दुई पुरुष रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *