सरकारलाई निजी ल्याबकाे चुनौती, पीसीआर टेष्टको ३८९९ रुपैयाँ लिने

डिसी नेपाल
१२ असोज २०७७ १४:५६

काठमाडौं। निजी अस्पतालहरुले सरकारले जारी गरेको पीसीआर परीक्षणको शुल्क नमान्ने घोषणा गरेका छन्। निजीतर्फका ८ वटा अस्पतालहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको मूल्य ३ हजार ८ सय ९९ नै कायम रहेको जनाएका छन्।

निजी अस्पतालहरुको संयुक्त विज्ञप्तिमा सरकारलाई चुनौती दिँदै भनेका छन्, ‘हामी निजी प्रयोगशालाहरुले मन्त्रालयसँगको छलफलबाट ठोस निस्कर्ष नआएसम्मका लागि रु ३, ८९९मा परीक्षण जारी राख्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं।’

संयुक्त विज्ञप्ति जारी गर्ने निजी अस्पतालहरुमा स्टार अस्पताल, ह्याम्स अस्पताल, बिएण्डबी अस्पताल, नेपाल मेडिसिटी अस्पताल, डीकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रा.लि, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगोनोस्टिक सेन्टर प्रा.लि रहेका छन्।

पछिल्लो समय मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको छ। सरकारले पीसीआर परीक्षणलाई व्यापक बनाउ नभन्दै निजी प्रयोगशाललाईसमेत पीसीआर परीक्षणको अनुमति दिएको छ।

तर पीसीआर परीक्षण शुल्क महंगो भएको भन्दै विरोध हुन थालेपछि सरकारले आइतबार दुई हजारमा कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो। त्यति शुल्कमा कोरोना परीक्षण गर्न नसकिने भन्दै कोरोना परीक्षण गर्ने अनुमति पाएका प्रयोगशालाका संचालहरुले अडान राखेका हुन्।

सरकारले कोरोना परीक्षका लागि २ हजार रुपैयाँ मात्र लिने निर्णय गरेको थियो। दुई हजार भन्दा बढी पैसा लिएर कोरोनाको पीसीआर परीक्षण गरे कालो बजारी ठहरिने बताउँदै आएको छ।

उनीहरुले सरकारसँगको छलफल सकारात्मक भएको भन्दै शुल्क निर्धारण गर्नुको वैज्ञानिक आधार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पेश गरिसकेको बताएका छन्।

मन्त्रालयसँगको छलफलबाट नयाँ सन्तुलित र न्यायोचित दररेट निर्धारण नहुँदासम्मका लागि यस विषयमा नकारात्मक टिका टिप्पणी नगर्न र पीसीआर परीक्षणको शुल्कका सम्बन्धमा सञ्चार माध्याममा आएको समाचार प्रति ध्यानाकर्षण समेत भएको निजी अस्पतालहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *