चीनका बैंकले अनिल अम्बानीको सम्पत्ति जफत गर्दै

डिसी नेपाल
१२ असोज २०७७ १६:५०
16
Shares

काठमाडौं। चीनका तीन बैंकहरुले भारतीय अर्बपति अनिल अम्बानीको विदेशमा रहेका सम्पत्ति जफत गरेर आफ्नो ऋण उठाउने निर्णय गरेका छन् । यी बैंकहरुले अनिल अम्बानीका कम्पनीहरुलाई ७१६ मिलियन डलर (५२ अर्ब ७६ करोड) भारतीय रुपैयाँ ऋण दिएका छन् । इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना, एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना र चाइना डेभलपमेन्ट बैंकले अब आफ्नो अधिकारको प्रयोग गर्दै अनिल अम्बानीविरुद्ध प्रवर्तन (इन्फोर्समेन्ट) कारवाही गर्ने र विश्वभरका उनको सम्पत्ति हासिल गर्ने कोसिस गर्ने निर्णय गरेको टाइम्स अफ इण्डियाको रिपोर्टमा जनाइएको छ ।

अनिल अम्बानीले शुक्रबार बेलायतको लण्डनमा भएको एक सुनुवाइमा भने अदालतलाई आफूसँग केही नभएको र श्रीमतीका गहना बेचेर गुजारा चलाइरहेको बताएका थिए । चिनियाँ बैंकका वकिल थांकी क्यूसीले शुक्रबार बेलायतको अदालतमा अनिल अम्बानीले ऋण दिने बैंकहरुलाई कत्ति पनि रकम नदिने हरसम्भव कोसिस गरिरहेको बताएका थिए । शुक्रबार उनको पक्ष बुझेपछि अब बैंकहरुले अनिल अम्बानीविरुद्ध प्रवर्तन कारवाही गर्ने निर्णय लिएका छन् । सबै सम्भव विकल्प अपनाउने निर्णय गरेका बैंकहरुले आफ्नो अधिकारको पूरा प्रयोग गर्ने र सबै कानुनी विकल्प अपनाउने बताएका छन् ।

बेलायतको अदालतले गएको २२ मेमा आफ्नो आदेशमा अनिल अम्बानीलाई चिनियाँ बैंकको ५ हजार २७६ करोड ऋण र ७.०४ करोड रुपैयाँ बराबरको कानुनी खर्च तिर्न आदेश दिएको थियो । ब्याज लगायतलाई जोड्दा जूनसम्म यो ऋण बढेर ५ हजार २८१ करोड पुगेको छ । रिपोर्टका अनुसार चिनियाँ बैंकहरुले यस विषयमा अम्बानीको प्रतिज्ञा पत्रको प्रतिक्षा गरिरहेका थिए । बेलायती अदालतले जून २९ मा अम्बानीलाई आफ्नो विदेशस्थित सम्पत्ति, आय, तिर्नुपर्ने दायित्व, बैंक स्टेटमेन्ट, शेयर प्रमाणपत्र, ब्यालेन्स शीट आदिको पूरा जानकारी एउटा प्रतिज्ञा पामार्फत दिन आदेश दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.