रुसले बनायो कोरोना विरुद्धको दोस्रो भ्याक्सिन, विश्वभर २ करोड ५४ लाख भन्दा धेरै निको भए
रूसकाे भेक्टर भाइराेलाेजी रिसर्च सेन्टरमा इपिभ्याककाेराेना भ्याक्सिन बनाउन जुटेका रिसचर्स। रूसले अब याे भ्याक्सिनकाे तेस्राे फेसकाे ट्रायल सुरू गर्ने जनाएकाे छ। फाइल फोटो
काठमाडौं। रुसले कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो चरण पूरा गरेको छ। यसको नाम एपिभ्याककोरोना राखिएको छ। यसलाई साइबेरियास्थित सरकारी भेक्टर भाइरोलोजी रिसर्च सेन्टरमा तयारी गरिँदैछ।
भेक्टरले बिहीबार इपिभ्याककोरोनाको पहिलो दुई फेजको ट्रायलमा राम्रो नजिता प्राप्त भएको जनाएको थियो। रुसले आफ्नो पहिलो भ्याक्सिन स्पुतनिक–वी अगस्टमा तयार पारेको घोषणा गरेको थियो।
उता १५ मिनेटमा कोरोना संक्रमणको नतिजा देखाउने कोरोना किट युरोपीयन मुलुकमा प्रयोग गर्न अमुमित दिइएको छ। यो किटलाई बेक्टन डिकिनसन एण्ड को ले तयार पारेको हो। कम्पनीले बुधबार युरोपको सीई माकिङ मान्ने सबै देशमा प्रयोग गर्न सकिने जनाएको हो।
यसले सार्स–कोभ–२ सतहमा एन्टीजन प्रोटिनलाई पहिचान गरेर संक्रमणलाई पत्ता लगाउने गर्छ। अक्टोबरको अन्तिम हप्तादेखि युरोपेली बजारमा यसको बिक्री सुरु हुने बताइएको छ।
यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख भन्दा धेरै पुगेको छ। कोरोनाबाट निको हुनेको संख्याको २ करोड ५४ लाख २० हजार भन्दा धेरै पुगेको छ भने मृत्यु हुनेको संख्या दश लाख १८ हजार भन्दा धेरै पुगेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment