कविताः डर

डिसी नेपाल
२४ असोज २०७७ ९:२२
164
Shares

यही बिषयमा
अब फेरि बुवासङ्ग झगडा नगर्नुहोस्
यही प्रसङ्गमा
अब फेरि पितृसत्ताको सोच नघुसाउनुहोस्
यही निहुँमा
आफूलाई हामीबाट टाढा नगराउनुहोस्

दिदी, म बुझ्छु
हजुर छोरी भएकै कारण प्रतिबन्धित हुनुहुन्छ
र प्रतिबन्धित भएकै कारण सुरक्षित हुनुहुन्छ
तुलना मात्र म सङ्गको होइन
तुलना सिङ्गो समाज सङ्गको हो
तुलना सिङ्गो मानसिकता सङ्गको हो

म निस्कने रात
र हजुर निस्कने रात फरक छ दिदी
म कसैलाइ केही नगर्ने विश्वास दिलाउन सक्छु
तर हजुरलाई यो रात एक्लो पठाउन सक्दिन

म बुझ्छु हजुरले चाहेको स्वतन्त्रता
तर लिङ्गले सोच्ने पिपाशुहरु पनि मैले देखेको छु
म बुझ्छु हजुरले देखाएको बाध्यता
तर धेरैपल्ट,
आमाको आँखामा आँसु देखेको छु

छोटा लुगा लगाउँदैमा केही हुदैन
अलिकति कामुक देखिएर जिस्कनु केही हुदैन
तर हजुरले गिज्याएको पुरुषत्व कुनै अबोधमाथि पोखियो भने?
हजुरले गरेको विश्वास, हजुरमाथि नै झम्टन आयो भने?
न्याय बिक्छ भने त म आफूलाई खर्चेर पनि किनिदिने थिए
तर यहाँ बिक्ने गरेको आत्मसम्मान म कसरी किनुँ?
यहाँ लुटिने गरेको अस्मिता म कसरी जोगाउँ?

आधुनिकतामा रमाउने समाज त रोगाइसकेछ
परिस्थिति बिग्रिसकेछ दिदी
आजकाल
हजुर खुसी रहन पनि
हामीहरु डराइराख्नु पर्छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *