कर्णालीमा थप ११६ जनामा कोरोना सङ्क्रमण

रासस
२४ असोज २०७७ १९:०४
28
Shares

कर्णाली । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पिसीआर परीक्षणमा शनिबार ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

“कर्णालीमा कोरोना सङ्क्रमण पुष्टि हुने यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो”, उनले भने, “पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ ।” यस भन्दा अघिका दिनहरुमा ११४ जनाभन्दा बढी सङ्क्रमितको सङ्ख्या ननाघेको उहाँले बताए । उनले भने, “जिल्लागत रुपमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सुर्खेतमा सबैभन्दा बढी ७९ जना रहेका छन् । त्यस्तै, दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुई÷दुई, डोल्पा र मुगुका एक÷एक र अन्य प्रदेशका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।” योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २६८ पुगेको छ ।

जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका पाँच जनाको पोजेटिभ रिपोर्टलाई कर्णालीमा समावेश नगरिएको अधिकृत कंडेलले बताए। कर्णालीमा अहिलेसम्म ७९ हजार २५७ जनाको पिसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *