दुर्गबहादुर श्रेष्ठ पक्राउ प्रकणमा एनआरएनए मलेसिया अध्यक्षको कुनै संलग्नता नरहेको दावी

डिसी नेपाल
२४ असोज २०७७ २०:३३
324
Shares

क्वाललम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले काठमाडौंमा पक्राउ परेका दुर्गबहादुर श्रेष्ठसँग जोडेर संघका अध्यक्ष हरि भट्टराईको चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति प्रकट गरेको छ।

संघका अध्यक्ष भट्टराई र महासचिब हेमराज सापकोटाले शनिबार विज्ञप्ति जारी गर्दै एनआरएनए मलेसियाले सो प्रकणमा पीडितलाई अन्याय र पीडकलाई फाइदा पुर्याउने गरी कुनै काम नगरेको जनाएका छन्।

श्रेष्ठ मलेसियामा नेपालीहरुमाथि कुटपिट गर्ने र फिरौतीसमेत लिने गरेको आरोपमा पक्राउ परेका छन्। एनआरएनए मलेसियाले संघका अध्यक्षको चरित्र हत्या गर्नेहरुमाथि कारबाही गर्नसमेत माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *