कोरोना संकटः सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड
सांकेतीक तस्वीर
काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटमा चाडपर्व मनाउनका निम्ति सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा चाडपर्व मनाउने मापदण्ड सार्वजनिक गरेको हो ।
सरकारले व्यक्तिगत तह र आधारभूत तह गरेर विभिन्न तहमा लागू हुनेगरी मापदण्ड ल्याएको हो। चाडपर्वमा एउटै घरमा बस्ने व्यक्तिबाहेक भेटघाट नगर्न सरकारले अनुरोध गरेको छ । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद र टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन अनुरोध गरेका छन् ।
सरकारले धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन अनुरोध गरेको छ । मन्दिरमा भगवानका मूर्ति नछुन र भेटघाट गर्दा टाढैबाट नमस्कार गर्न सरकारले भनेको छ । भेटघाटमा अंगालो मार्ने वा शरीर छुने काम नगर्न सरकारले अनुरोध गरेको छ।
प्रवक्ता गौतमले सार्वजनिक स्थालमा नथुक्न भनेका छन् । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न उनको अनुरोध छ।
मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुनै कार्यक्रममा सहभागी नहुनु भनेको छ । कुनै कार्यक्रम गर्नुपर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
सरकारले भनेको मापण्ड पालना नगर्ने व्यक्तिलाई संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही हुने मन्त्रालयले जनाएको खबर आजको अन्नपूर्ण पोस्टले छापेकाे छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment