दिल्लीले मुम्बईलाई दियो १६३ को लक्ष्य
काठमाडौं। जारी आईपीएलमा उम्दा प्रदर्शन गरिरहेको नेपाली स्पीनर सन्दीप लामिछाने सिम्लित दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १६३ रनको लक्ष्य दिएको छ।
यूएईको अबुधाबीमा टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीका लागि शिखर धवनले अर्धशतक बनाए। उनले नटआउट ५२ बलमा ६९ रन बनाए। यस्तै कप्तान श्रेयस यय्यरले ४२ रनको योगदान दिए। दिल्लीले ४ विकेटमा १६२ रनको मध्य स्कोर बनाएको हो।
दिल्लीमा रहेका सन्दीप लामिछानेले यो खेलमा पनि मौका पाएनन्। जारी लिगमा दिल्ली आइतबार सातौं खेल खेलिरहेको छ । ६ मध्ये ५ खेलमा जितेर अंक तालिकाको शीर्ष स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment