धोनीकी छोरीलाई रेप गर्ने धम्की दिने व्यक्ति पक्राउ
नयाँ दिल्ली (एजेन्सी)। भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीकी ५ वर्षीया छोरीलाई रेप गर्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
गुजरातको कच्छ जिल्लाबाट आरोपीलाई पक्राउ गरिएको प्रहरीको हवला दिँदै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
आईपीएलको हालै सम्पन्न खेलमा धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्स कोलकाता नाइटराइडर्ससँग पराजित भएपछि रिसाएका
व्यक्तिले धोनीकी छोरीको रेप गर्ने धम्की सामाजिक सञ्जालमा दिएका थिए। समाचार अनुसार पक्राउ पर्ने व्यक्ति नाबालिग हुन्।
सामाजिक सञ्जालमा धम्की दिइएपछि राँची प्रहरीले मुद्दा दायर गरेको थियो भने भारतमा ती व्यक्तिमाथि कारबाही हुनुपर्ने आवाज उठेको थियो। प्रहरीले सो धम्कीपछि धोनीको घरमा सुरक्षा बढाएको छ। समाचार अनुसार गुजरातमा पक्राउ परेका ती व्यक्तिलाई केही दिनपछि राँची प्रहरीलाई हस्तान्तरण गरिने भएको छ।







डिसी नेपाल








Facebook Comment