ईशान्त शर्मा आईपीएलबाट बाहिर

डिसी नेपाल
२६ असोज २०७७ २०:१८
732
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीलाई अर्को झड्का लागेको छ। दिल्लीका प्रमुख फास्ट बलर ईशान्त शर्माले लिगका बाँकी सबै खेल गुमाउने भएका छन्।

उनी चोटका कारण आईपीएलबाट बाहिरिएका हुन्। उनलाई अभ्यासको क्रममा नेटमा बलिङ गर्दा बाँया तर्फको करङमा चोट लागेको थियो। इशान्तले जारी आइपीएलमा एक खेल मात्र खेलेका छन्। उनी हैदरावादविरुद्धका खेलेका थिए । आईपीएल शुरु हुनभन्दा पहिला पनि घाइते भएका उनले शुरुवाती खेलहरु गुमाएका थिए।

योसँगै दिल्लीले जारी आईपीएलमा आफ्ना दुई खेलाडीलाई गुमाएको छ। यसअघि स्पिनर अमित मिश्रा पनि चोटका कारण बाहिरिसकेका छन्। यूएईमा जारी खेलमा दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *