जनसन एण्ड जनसन कम्पनीले कोरोना भ्याक्सिनको ट्रायल रोक्यो, विश्वभर ३ करोड ८० लाख संक्रमित

डिसी नेपाल
२७ असोज २०७७ ९:०७
132
Shares

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख भन्दा धेरै पुगेको छ। कोरोना संक्रमण मुक्त हुनेको संख्या २ करोड ८५ लाख ९२ हजार ३१२ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या दश लाख ८५ हजार भन्दा धेरै पुगेको छ।

यसैबीच अमेकिरी कम्पनी जनसन एण्ड जनसनले कोरोना भ्याक्सिनको ट्रायल तत्कालका लागि बन्द गरेको छ। यसअघि अस्कफोर्ड एस्ट्राजेनेकाले पनि अघिल्लो महिना कोरोना भ्याक्सिनको ट्रायल रोको थियो। यद्यपि स्थितिको समीक्षा गरेपछि त्यसलाई फेरि सुचारु गरिएको छ।

जनसन एण्ड जनसनलाई उद्धृत गर्दै ट्रायलमा सहभागी एक व्यक्तिमा विमारीको लक्षण देखिएपछि ट्रायल बन्द गरिएको जनाइएको छ। कम्पनीले भनेको छ, ‘तत्कालका लागि हामीले सबै ट्रायल रोकेका छौं। यसमा फेस–३ ट्रायल पनि छ। ट्रायलमा सहभागी एक सहभागीमा बिमारीको लक्षण देखिएको छ। हामी यसको चाँज गरिरहेका छौं।’

उता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फ्रान्सले फेरि लकडाउन गर्ने तयारी गरेको छ। फ्रान्समा तीन हप्तामा तीन लाख भन्दा धेरै संक्रमित भेटिएका छन्।

सरकारले कडा लकडाउन बिना संक्रमण रोक्न नसकिने जनाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले सबै प्रकारका होटल, रेस्टुरेन्ट तथा बार बन्द गर्ने जनाएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.