क्रिष्टियानो रोनाल्डो कोरोना संक्रमित
काठमाडौं (एजेन्सी)। पोर्चुगलका स्टार फुबटलर क्रिष्टियानो रोनाल्डो कोरोना संक्रमित भएका छन्। इटालियन लिग सिरी एमा युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डो संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
पोर्चुगल फुटबल महासंघले रोनाल्डो संक्रमित भएको पुष्टि गरेको छ। महासंघले रोनाल्डो संक्रमित भए पनि कुनै लक्षण भने नरहेको बताएको छ। हालै पोर्चुगल र स्वीडेनबीचको खेलम रोनाल्डोलाई बाहिर राखिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment