सन्दीप सम्मिलित दिल्लीलाई राजस्थानको चुनौती
काठमाडौं । आईपीएलको १३ औं सिजनको ३० औं खेल बुधवार (आज) दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स बीच हुदैछ । बेन स्टोक्सको आगमन पछि बलियो बनेको राजस्थानले शीर्ष क्रममा पर्न नसकेको पीडालाई बिर्सदै दिल्लीसँगको हारको बदला लिने कोसिस गर्नेछ । खेल नेपाली समय अनुसार साझँ ७.४५ दुबईमा सुरु हुनेछ ।
दिल्लीले पछिल्लो हप्ता भएको खेलमा राजस्थानलाई ४६ रनले पराजित गरेको थियो । स्टीव स्मिथको अगुवाईमा रहेको राजस्थान टोली उक्त हारबाट पाठ सिक्दै दिल्लीलाई कडा चुनौती दिने रणनितिमा रहेको छ । पछिल्लो खेलमा बेन स्टोक्स राजस्थान टोलीमा रहेका थिएनन । ईङल्यान्डका यी अलराउन्डरले आफ्नो पहिलो खेलमा चमत्कार देखाउन सकेनन, तरपनि टोलीले पूर्व च्याम्पियन सनराइजर्स हैदराबाद बिरुद्व ५ विकेटको जित निकाल्दै चार खेलमा हारको कम्रलाई तोडन सफल भएको थियो । कप्तान स्मिथले भने, “स्टोक्सको आगमनसँगै टोली सन्तुलित बनेको छ , उनले केवल एक ओभर मात्र बलिङ गरे किनभने उनी भर्खरै लकडाउनबाट बाहिर आएका छन र आफु लयमा फर्कने कोसिस गरिरहेका छन ।”
आईपीएलमा दिल्ली र राजस्थानको कुरा गर्दा सन २००८ देखी हालसम्म दुबै टोली २१ पटक आमुने सामुन्ने भएका छन । जसमा राजस्थानले ११ तथा दिल्लीले १० खेल जितेको छ । तर अंक तालिकामा दिल्ली दोस्रो तथा राजस्थान सातौं स्थानमा रहेको छ ।

स्टोक्स राजस्थानका लागि महत्वपूर्ण खेलाडी हुन, तर टोलीलाई शिर्ष क्रममा पुग्न नसकेको असफलतालाई पनि पार लगाउनु छ । शिर्ष क्रममा पुग्न नसकेको कारण राजस्थानका तल्लो क्रमका ब्याटसम्यानहरु माथि दबाब रहेको छ । कप्तान स्मिथ र सन्जु स्यामसनले पछिल्लो दुई खेलमा राम्रो प्रदर्शन गरेका छन तरपनि उनको टोली असफल रहेको छ ।
जोस बटलरले मुम्बई ईन्डियन्स बिरुद्व ४४ बलमा ७० रन बनाए तर पछिल्लो दुई खेलमा उनको सुरुवात खासै राम्रो रहेको छैन । यदि राहुल तेवतियाले लिगमा राम्रो प्रदर्शन नगरेको भए राजस्थानको स्थिति अझै नाजुक हुन्थ्यो । किंग्स ईलेभन पञ्जाब बिरुद्व एकै ओभरमा ५ छक्का प्रहार गरेका तेवतियाले सनराइजर्स बिरुद्वको खेलमा २८ बलमा अविजित ४५ रन बनाएका थिए ।
अर्कोतर्फ दिल्लीले आफ्नो पछिल्लो खेलमा मुम्बई बिरुद्व पराजित हुनु परेको छ । श्रेयस अय्यरको अगुवाईमा रहेको टोलीले उक्त हारलाई बिर्सदै राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछ । दिल्ली टोलीमा आक्रमक ब्याटसम्यानहरु सँगै कगिसो रबाडाको नेतृत्वमा बलियो बलिङ लाईन अप पनि रहेको छ । रबाडाले अहिले सम्म १७ विकेट लिएका छन र उनलाई आफ्नै देशका दक्षिण अफ्रीकी बलर एनरकच नोर्तजे र हर्षल पटेलको साथ रहेको छ । रविचन्द्रन अश्विनले पनि हर्षल पटेलको राम्रो साथ पाएका छन । राजस्थान बिरुद्वको पछिल्लो खेलमा मार्कस स्टोइनिसको अलराउन्डर प्रदर्शनमा दिल्लीले जित हात पारेको थियो । राजस्थानका कप्तान स्मिथले स्टोक्सबाट यस्तै प्रदर्शनको आशा गरेका छन । राजस्थानमा जोफ्रा आर्चरसँगै स्पिनर तेवतिया र श्रेयस गोपालले लगातार मौका पाईरहेका छन ।
दिल्लीका ब्याटसम्यान शिखर धवन आफ्नो लयमा फर्कने संकेत देखिएको छ । पृथ्वी शॉ र अय्यरले पहिले देखिनै राम्रो प्रदर्शन गरिरहेका छन । तर विकेटकीपर तथा ब्याटसम्यान ऋषभ पंत घाईते भएका कारण दिल्लले पछिल्लो खेलमा शिमरान हेटमेयरलाई बाहिर गर्दे एलेक्स क्यारीलाई सुरुवाती ११ मा राखेको थियो । अजिंक्य रहाणेले पनि उक्त खेलमा जारी आईपीएलकै पहिलो खेल खेलेका थिए ।
दुबै टोली यसप्रकार रहेको छ :
राजस्थान रोयल्स : जोस बटलर, बेन स्टोक्स, सन्जू स्यामसन, एन्ड्रयु टाई, कार्तिक त्यागी, स्टीव स्मिथ (कप्तान), अंकित राजपूत, श्रेयस गोपाल, राहुल तेवतिया, जयदेव उनादकट, मयंक मार्कंडेय, महिपाल लोमरोर, ओसाने थोमस, रियान पराग, यशस्वी जायसवाल, अनुज रावत, आकाश सिंह, डेविड मिलर, मनन वोहरा, शशांक सिंह, वरुण एरोन, टोम कुरेन, रोबिन उथप्पा, अनिरुद्ध जोशी र जोफ्रा आर्चर ।
दिल्ली क्यापिटल्स : श्रेयस अय्यर (कप्तान), रविचन्द्रन अश्विन, शिखर धवन, पृथ्वी शॉ, शिमरोन हेटमायर, कागिसो रबाडा, अजिंक्य रहाणे, अमित मिश्रा, ऋषभ पंत (विकेटकीपर), अक्षर पटेल, सन्दीप लमिछाने, कीमो पोउल, डयानियल स्याम्स, मोहित शर्मा, एनरिक नोर्तजे, एलेक्स क्यारी (विकेटकीपर), अवेश खान, तुषार देशपाण्डे, हर्षल पटेल, मार्कस स्टोइनिस र ललित यादव ।







डिसी नेपाल








Facebook Comment