पूर्व गोलकिपर थापाको निलम्बन नेपाल पुलिस क्लबद्वारा फुकुवा

डिसी नेपाल
२८ असोज २०७७ १८:०८
556
Shares

काठमाडौं । म्याच फिक्सिङको आरोपका कारण निलम्बनमा परेका राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर रितेश थापाको निलम्बन नेपाल पुलिस क्लबले फुकुवा गरेको छ । फिक्सिङको आरोपमा विश्व फुटबल महासङ्घ फिफा र एसियन फुटबल फेडेरेसनले प्रतिबन्ध लगाएपछि उनलाई नेपाल प्रहरीले पाँच वर्ष अघि निलम्बन गरेको थियो ।

अहिले निलम्बन फुकुवा गरेर उनलाई फेरि नियुक्ति दिइएको छ । तर, दरबन्दी कहाँ के गर्ने भन्ने निश्चित भने भइसकेको छैन । थापा निलम्बनमा पर्दा नेपाल प्रहरीको सहायक प्रहरी निरिक्षक असईमा पोष्टमा काम गरिरहेका थिए ।

फिक्सिङका कारण सर्वोच्च अदालतले उनीहरुविरुद्ध लागेको आरोप निराधार भएको भन्दै खारेज गरेको थियो । नेपालमा तत्कालिन समयमा फिक्सिङको कानुन नहुँदा उनीहरुलाई राज्यविरुद्धको कसुरको मुद्दा दर्ता गरिएको थियो । तर, पछिल्लो समय सर्वोच्चले त्यो मुद्दा नै गलत भएको व्याख्या गरेपछि थापासहित खेलाडीले केही राहत पाएका हुन् । यद्यपी उनीहरुमाथि फिफा र एएफसीको प्रतिबन्ध कायमै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.