टिकटक भिडियाेमा धेरै लाइक्स् र भ्यू पाउने नानीलाई दश हजार पुरस्कार
काठमाडाैं। टिकटक भिडियाे प्रतियाेगितामा धेरैकाे लाइक्स् र भ्यू पाएकाे एउटा नानीलाई दश हजार रूपैयाँले पुरस्कृत गरिएकाे छ।
पछिल्लो नेपाल आइडलबाट सबैभन्दा धेरै चर्चा कमाएकी र सबैको मन जितेकी ब्यस्त गायिका रचना रिमालले साे पुरस्कार हस्तान्तरण गरेकी हुन्।
टिकटकमा भाइरल बनेकी सानी नानी समयिरा थापाको घरमै पुगेर उनले टिकटक फ्यानहरुको समर्थनबाट जितेको पुरुस्कार प्रदान गरेकी छिन्। रचनाले गाएको त्यस्तो माया गर्छु तिमीलाई भन्ने गीतमा घोषणा गरिएको पुरस्कार रकम चाबहिलस्थित ती बालिकाको घरमा पुगेकी थिइन्।
३ वर्ष पुग्न लागेकी बिजेता बालिका कसैको नृत्य या भिडिओ देखेपछि सोही अनुरुप अभिनय गरेको देखेर उनलाई टिकमा ल्याउन प्रेरित भएको आमा समिरा थापा बताउँछिन्।
डाइमिक नेपालले प्रायोजन गरेको पुरस्कर प्रदान गर्न गायिका रिमालसहितको टोलीलाई पनि सानी नानीले अभिनय देखाएकी थिइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment