बाबुराम भट्टराईलाई प्रधानमन्त्री ओलीको जवाफ : त्यस्ता हर्कत हामी गर्न सक्दैनौं

डिसी नेपाल
३० असोज २०७७ ११:५९
504
Shares

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने बाबुराम भट्टराईको अभिब्यक्तिलाई गैर जिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै खण्डन गरेका छन्।

नेपाल प्रहरीको ६५ औँ प्रहरी दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री भट्टराईले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए।

‘नेपाल सरकारले भ्रष्टाचारविरुद शुन्यसहनशिलताको नीति लिएको छ। केही गैरजिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु,’ उनले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्वप्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ।’

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता  बाबुराम भट्टराईले केही दिन अगाडि  बूढी गण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मिलेर नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभिव्यक्ति दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *