प्रवासी नेपालीका लागि मुत्थूट फाइनान्सद्वारा दशैं तिहार उपहार

डिसी नेपाल
२ कार्तिक २०७७ २०:३९

काठमाडौं । मुत्थूट फाइनान्सले प्रवासी नेपालीका लागि दशैं तिहारको अवसरमा उपहारको घोषणा गरेको छ। फाइनान्सले साप्ताहिक, मासिक साथै लक्की बम्पर ड्र मार्फत इनामको घोषणा गरेको हो ।

नगद पूँजीको आवश्यकता परेको खण्डमा सुन धरौटी राखी ऋण उपलब्ध गराउने वित्तीय ब्राण्ड मुत्थुटले चाडपर्वको अवसर पारेर उक्त योजना ल्याएको हो।

मुत्थुट फाइनान्स अन्तर्गत मुत्थुट इन्डो नेपाल मनि ट्रान्सफरद्वारा सुरक्षित, सजिलो र समयमा नै नेपालीले वैदेशिक भूमिमा अर्जित गरेको पूँजीलाई परिवारसम्म हस्तान्तरण गर्नुका साथै प्रवासी नेपालीहरु का लागि विभिन्न किसकिमका उपहार वितरण गर्ने घोषणा गरेको छ।

मुत्थुट फाइनन्सका कन्ट्री प्रमुख अनिल कार्कीले ग्राहकहरुलाई आकर्षण गर्ने उद्श्यले दशै तिहारलाई लक्षित गरि विशेष उपहार योजना सुरु गरिएको बताए। यस उपहार योजनाका अन्तर्गत मुथूट फाइनान्सको ५००० शाखाहरु बाट नेपाल पैसा पठाउने ग्राहकहरु मध्ये प्रत्येक सप्ताहमा गोलाप्रथाबाट १२ जना भाग्यशाली ग्राहकलाई घरेलु उपकरण उपहार र मासिक तीन जनालाइ ३२ इंचको एमआई स्मार्ट टीभीका साथै बम्पर उपहारमा एकजनालाइ वन प्लस नोर्ड मोबाइल दिने योजना रहेको छ। यो योजना १२ अक्टूबर देखि ४ जनवरी २०२१ सम्म रहने छ

करिब ५ वर्ष पहिला मुत्थुट फाइनान्स (रेमिट्यान्स विभाग) भारतमा नेपालका लागि कन्ट्री प्रमुखको कार्यभार लिएका अनिल कार्कीले छोटो समयमा नै प्रवासी नेपालीहरुकोबीच आफ्नो पहिचान बनाउन सफल भएका छन। पछिल्लो समय कोरोना त्रास तथा लकडाउनमा अलपत्र परेका र भोकभौकै बस्न बाध्य भएका नेपालीहरुलाई उक्त फाइनान्सले दिल्लीको विभिन्न ठाउमा राहत सामग्री वितरण गरेको थियो।

यसैगरि मुत्थुट फाइनान्स ग्रुपले प्रवासी नेपालीहरुमा जागरूकताका लागि विभिन्न किसिमका नेपाली कार्यक्रममा प्रायोजकको भूमिका निभाउँदै आएको छ। साथै अवैध तरिकाले गरिने आर्थिक कारोबार (हुण्डी) बापत नेपालीले भोग्नु पर्ने समस्याको जानकारी समेत दिने गरेको छ।

मुत्थुट ग्रुपले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न किसिमका सेवाहरु उपलब्ध गराएको छ। ती मध्ये गोल्ड लोन, मनी ट्रांसफर, विदेशी मुद्रा, हाउजिंग फाइनान्स, बीमा, एटीएम, म्युचुअल फन्ड जस्ता सुविधा रहेका छन्। विश्वभरि करिब पैतीस हजार भन्दा बढी रोजगार दिएको मुत्थुट फाइनान्स संस्थाले लगभग विश्वभरी आफ्नो नेटवर्क विस्तार गरेको छ।

मुथूट फाइनान्सका ५००० शाखाहरु बिहान नौ बजे देखि साँझ छ बजे सम्म साताको छ दिन सोमबार देखि शनिबार सम्म खुल्ला रहने छन। यस उपहार योजनका साथ प्रवासी नेपाली पूंजीलाई नेपालसम्म सुरक्षित पु¥याउने मुत्थुट फाइनान्सको मुख्य उद्देश्य रहेको कार्कीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *