लोक सेवा आयोगले कार्तिक १६ बाट लिने भनेका सबै लिखित परीक्षा स्थगित
काठमाडौँ । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित गरेको जानकारी गराएको हो ।
सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसअघि आयोगले कोरोना संक्रमण भएका उम्मेदवारलाई लिखित परीक्षा सहभागी हुन नपाउने गरी निर्देशिका जारी गरेको थियो।
उक्त निर्देशिका उजुरी परेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै संक्रमितलाई पनि परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment