नेपाल र ओमनका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशमा ९० दिनसम्म भिसा नचाहिने

डिसी नेपाल
३ कार्तिक २०७७ १६:५३

मस्कट। नेपाल र ओमनका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशमा भम्रण गर्दा ९० दिनसम्म भिसा लिनु नपर्ने भएको छ । नेपाल सरकार तथा ओमन सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौता भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।

सोमबार ओमनको परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालको तर्फबाट ओमनकाका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमनको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव महामहिम मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिलेले सम्झौतामा हस्ताक्षर गरेको राजदूत पराजुलीले डिसी नेपाललाई जानकारी दिएकी छिन् ।

उनका अनुसार उक्त सम्झौताअनुरूप राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि ९० दिनसम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन्। यो सम्झौतासँगै अब ओमन र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्ने राजदूत पराजुलीको विश्वास छ ।

त्यसैगरी पछिल्लो समयमा ओमन अन्तराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भइरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्ने समेत अपेक्षा लिइएको छ।

भेटमा दुवै जनाले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनु पर्ने विषयमा जोड दिएको दूतावासले जनाएको छ । दुवै पक्षले कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनु पर्ने विचार साटासाट गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *