नेपालले बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय

डिसी नेपाल
५ कार्तिक २०७७ १०:४९

काठमाडौं । नेपालले बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय भएको छ । बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले मंगलबार राति एक सूचना जारी गर्दै नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति तय भएको जानकारी गराएको छ । बीएफएफका अनुसार मैत्रीपूर्ण खेल बंगलादेशको ढाका स्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नोभेम्बर १३ र १७ तारिख अर्थात पहिलो खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते हुनेछ ।

मंगलवार बीएफएफले नेपालविरुद्व खेलको लागि ३६ सदस्यीय खेलाडी नाम समेत सार्वजनिक गरेको छ । गतहप्ता मात्रैनेपाल सरकारले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको लागि एन्फाले गरेको प्रस्ताव स्विकृत गरेको थियो । प्रस्ताव स्विकृत भएपनि एन्फाले खेलको मिति भने सार्वजनीक गरेको थिएन । मैत्रीपूर्ण खेलको लागि एन्फाले दशैं लगत्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *