राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रानीपोखरी र दरबार हाइस्कुल उद्घाटन [फोटोफिचर]

धनकुमार कार्की
५ कार्तिक २०७७ १४:४५
256
Shares
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संयुक्त रुपमा मुलुककै पहिलो विद्यालय दरबार हाइस्कुलको उद्घाटन गरिएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालयको पुनिर्निर्माण सम्पन्न भएपछि बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
पूनर्निमाणपछि रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् ।उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले भूकम्पका कारण भएको मानवीय क्षति फिर्ता गर्न नसके पनि भौतिक संरचना भने अझ बलियो गरी निर्माण गर्ने प्रतिवद्धताले मूर्तता पाउँदै गएको कोमा आफूलाई खुशी लागेको बताएकी छिन् ।
उनले भूकम्पबाट क्षति भएका बाँकी संरचानले पनि छिट्टै पूर्णत पाउने विश्वास ब्यक्त गरिन् । उनले प्रताप मल्लले निर्माण गरेको रानी पोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व रहेको बताइन् । रानीपोखरीको उद्घाटन लगत्तै राष्ट्रपति भण्डारी दरबार हाइस्कुलको पनि उद्घाटन गरेकी छन् ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *