‘नेपाली टिपिएस वालाहरुले अमेरिकी अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदान पुर्याएका छन्’

डिसी नेपाल
६ कार्तिक २०७७ १:१३
220
Shares

वाशिङ्टन । ‘अमेरिकामा टेम्प्रोररि प्रोटेक्टेड स्टाटस’ (टिपिएस) पाए यता नेपाली टिपिएस वालाहरुले अमेरिकी अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदान पुर्याएको एक सर्वैक्षणले देखाएको छ।

टिपिएस पाए यता नेपाली टिपिएस वालाहरुले अधिक सुरक्षित महसुस गरेको, आफ्नो समुन्नतिको साथै अमेरिकी अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदानहरु पुर्याएको बताएका छन् ।

यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोको ‘यु एस इमीगे्रसनपोलेसी सेन्टर’, मानव अधिकार र समाजिक न्यायका लागि “अधिकार”, र ‘सेन्टर अफ अ‍ेरिका प्रोग्रेस’को संयुक्त पहलमा संचालन गरिएको सबभन्दा पहिलो सुव्यवस्थित सर्वेक्षण, जसले नेपाली टिपिएस वालाहरुको बसाईं र जिन्दगी बारे गहिरो अध्ययन गरेको थियो।

टिपिएस ले सन् २०१५ देखि अमेरिकामा रहेका करिब १४ हजार ८०० नेपालीहरुलाई काम गर्ने अनुमति पत्र दिएको छ । उनीहरुलाई देश निकाला हुन बाट बचाएको छ।

यो नयाँ राष्ट्रिय सर्वेक्षणले अमेरिकाको ३१ वटा राज्य र प्रदेशहरुमा बसोबास गर्ने ३७२ जना नेपाली टिपिएस वालाहरुलाई समेटेको थियो। फोन मार्फत गरिएको उक्त सर्वेक्षण जुन २३, २०२० देखि अगस्ट ३, २०२० सम्म संचालन गरिएको थियो।

कोरोना भाईरसको संक्रमणको दौरानमा गरिएको सो सर्वेक्षणको समयमा ट्रम्प सरकारले नेपाल लगायत अन्य देशहरुको टिपिएस अन्त्य गर्ने निर्णयको विरुद्ध केहि अदालती मुद्दाहरु (जस्तै निल्सन विरुद्ध भट्टराई) हरु पनि यथावत थिए।

उक्त सर्वेक्षणमा अधिकांश नेपाली टिपिएस वालाहरुले यदि नेपाल फर्कन वाध्य भएमा आफ्नो सुरक्षाको धेरै चिन्ता गरेका भिए्।

अत्याधिक संख्या (८१.५ प्रतिशत) ले “यदि मैले नेपाल फर्कन पर्यो भने मलाई मेरो र मेरो परिवारको सुरक्षा बारे चिन्ता लाग्छ” भन्ने वाक्य प्रति “सहमत” या “अत्याधिक सहमत” जनाएका थिए।

यो सर्वेक्षणमा प्रतिकृया दिनेहरु मध्ये अमेरिकामा जन्मेका बालबच्चा भएकाहरुमा यो हिस्सा ८५.५ प्रतिशत सम्म पुगेको थियो।

टिपिएस नभएमा के गर्ने भनेर कति सोंच्नु हुन्छ? भन्ने प्रश्न गरिंदा ६८.७ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी भनेर जवाफ दिएका थिए ।

५४.३ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी देश निकालामा परिने कुरा सोंच्ने जनाएका थिए भने ४१.४ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी समय आफ्नो परिवारबाट छुटिनु पर्ने कुरा बारे सोंचमा पर्ने जनाएका थिए ।

बालबच्चा भएका मध्ये ४५.९ प्रतिशतले आफ्नो बालबच्चा हुर्केको आफुले हेर्न नपाउने बारे चिन्ता लाग्ने जनाएका थिए भने, अमेरिकामा जन्मेका बालबच्चा भएकाहरुमा यो संख्या ६६.१ प्रतिशत सम्म पुगेको थियो ।

उक्त सर्वेक्षणको डाटाले टिपिएसले समावेशिता, आधिकारिकता र अवसरहरुमा बढाव दिनेपनि देखाएको छ।

“टिपिएसले गर्दा म अमेरिकाको हुँ भन्ने भावनामा बढाव दिन्छ” भन्ने वाक्यमा प्रतिकृया दिनेहरु मध्ये ८४.९ प्रतिशतले “सहमत” या “अत्याधिक सहमत” जनाएका थिए।

“टिपिएस ले गर्दा मलाई मेरो आफ्नो सुरक्षा र भलाईको कम चिन्ता लाग्छ” भन्ने वाक्यमा ९०.४ प्रतिशतले “सहमत” या “अत्याधिक सहमत” जनाएका थिए ।

“टिपिएस ले गर्दा मलाई मेरो परिवारको सुरक्षा र भलाईको कम चिन्ता लाग्छ” भन्ने वाक्यमा ८५ प्रतिशतले “सहमत” या “अत्याधिक सहमत” जनाएका थिए।

२७.२ प्रतिशतले टिपिएस पाएपछि आफू राजनैतिक शिक्षामा पनि बढी सकृय भएको बताए। यस्तै करिब ३८ प्रतिशतले स्नातक तह या सो भन्दा माथिको डिग्री भएको बताए।

“टिपिएसले गर्दा मैले पहिले पाउन नसकेको शिक्षाका अवसरहरुको फाईदा उठाउन सकें” भन्ने वाक्यमा ४७.९ प्रतिशतले सहमत जनाए

नेपाली टिपिएस वालाहरुले अमेरिकी अर्थ तन्त्रमा योगदान पुराई रहेका छन्। ति मध्ये धेरै जनाले कोभिड १९ को संक्रमणकालमा डाक्टर, नर्स, ग्रोसरी पसलका कामदार, रेस्टुरेन्ट कामदार, तथा डेलिभरी र प्याकेजिङ्क जस्ता क्षेत्रमा अग्रपंतिमा अति आवश्यक कामदारका रुपमा काम गरेका थिए।

यस मानेमा, नेपाली टिपिएस वालाहरुलाई अमेरिकी अर्थ तन्त्रमा योगदान गरि राख्नको लागि उनीहरुको काम गर्ने अनुमति पत्रले महत्वपूर्ण भूमिका खेल्छ।

सर्वैक्षण्मा ९१.७ प्रतिशतले टिपिएस पाए पछि काम गर्ने अनुमति पत्र पाएका थिए ।सन् २०१५ को महाभुकम्प अगाडीदेखि नै अमेरिकामा काम गरि रहेका जावाफदेहि हरु मध्ये ९४.३ प्रतिशतले टिपिएस ले गर्दा काममा निरन्तरता पाएको बताए ।

“टिपिएसले गर्दा मैले अझ धेरै पैसा कमाउन सफल भएँ, जसले गर्दा मेरो परिवारलाई आर्थिक सहयोग मिल्यो” भन्ने वाक्यसंग ७६.७ प्रतिशतले सहमत जनाए।

यस्तै ६२.७ प्रतिशतले “टिपिएसले गर्दा मैले मेरो शिक्षा र तालिम मुताविकको काम पाउन सफल भएँ” भने।

५९.१ प्रतिशतले टिपिएस पाए पछि अमेरिकामा बैंकमा खाता खोलेको बताए । ३१.२ प्रतिशतले गाडी किनेको बताए । ४.६ प्रतिशतले घर किनेको बताए।

कोभिड १९ को संक्रमणले सबै अमेरिकनहरुलाई जस्तै नेपाली टिपिएस वालाहरुलाई पनि नकारात्मक असर पारेको छ।

२५ देखि ६५ वर्ष उमेर भएका प्रतिकृया दिनेहरु मध्ये ७०.४ प्रतिशतले हाल रोजगारमा रहेको बताए पनि ५८ प्रतिशतले संक्रमणको कारणले कामको समय घटेको बताएका छन्।

बेरोजगार हुनेहरु मध्ये ६०.९ प्रतिशतले संक्रमणको कारणले गएको तीन महिना भित्र जागिर गुमाएको बताए। बेरोजगार हुनेहरु मध्ये, ११.९ प्रतिशतले आफ्नो घर परिवारको कसैले पनि संधिय सरकारले बाँडेको राहतको चेक नपाएको बताए । २४.५ प्रतिशतले संक्रमणको कारणले घर भाडा या घरको किस्ता तिर्न गाह्रो भएको बताए ।

प्रतिकृया दिनेहरु मध्ये ३.५ प्रतिशतले घर निकालाको घम्कीको सामना गर्नु परेको बताए। गत तीन महिना भित्रमा जागिर गुमाउनेहरुमा भने यो दर बढेर ४.५ प्रतिशत पुगेको छ।

यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोका राजनैतिक शास्त्रको सहप्राध्यापक तथा सोहि विश्वविद्धालयको ‘यु एस इमीगे्रसन पोलेसी सेन्टर’का संस्थापक निर्देशक, तथा ‘सेन्टर अफ अ‍ेरिका प्रोग्रेस’का सिनियर फेल्लो टम के. वङ् भन्छन्, “नेपाली टिपिएस वालाहरुको बारे यतिको सुव्यवस्थित सर्वेक्षण भएको शायद यो पहिलो पटक हो। यसको डाटाले टिपिएसले नेपाली टिपिएस वालाहरुलाई सुरक्षित बनाउन निकै महत्वपूर्ण भूमिका खेलेको कुरा छर्लङ्ग पारेको छ, किन भने १० मध्ये ८ जनाले नेपाल फर्कन वाध्य भएमा उनीहरुले आफ्नो शारिरिक सुरक्षाको चिन्ता गर्नु पर्ने बताएका छन्।” उनी थप्छन्, “अमेरिकामा जन्मेका बाल बच्चा या श्रीमान अथवा श्रीमती को कुरा देखि लिएर यहाँ आफ्नो पेशा र व्यवसायहरु शुरु गरेको तथ्यलाई नियाल्दा, यसको डाटाले नेपाली टिपिएस वालाहरुले अमेरिकी समाजमा गहिरो सम्बन्ध गाडेको कुरा प्रष्ट हुन्छ।”

मानव अधिकार र सामाजिक न्यायको लागि “अधिकार” की कार्यकारी निर्देशक पवित्रा खाती बेन्जामिन भन्छिन, “हाम्रो समुदाय र यो देशको हालको जोखिमपूर्ण परिस्थितिमा नेपाली टिपिएस वालाहरुको बारे यस्तो किसिमको पहिलो रिपोर्टको समुद्घाटन गर्न पाउँदा हामीलाई धैरै नै गर्व लागेको छ।” ेनी थप्छिन्, “यो देश भरि छरिएर बसेका नेपाली टिपिएस वालाहरुले आफ्नो जीवनीको लागि यहाँ लगानी गरेका छन्, परिवारहरु बसालेका छन्, घर किनेका छन्, अनि अमेरिकामा आफ्नो भविष्यको परियोजना बनाएका छन्। तर गत सेप्टेम्बर १४ को नवौं सर्किट अदालतको “रामोस विरद्ध निलसन” को फैसला (जसले “निलसन विरुद्ध भट्टराई” लाई पनि असर पार्छ) ले यो देशलाई आफ्नो घर बनाएका हाम्रो समुदायका सदस्यहरुलाई जबरजस्ती देश निकाला हुन सक्ने र आफ्नो परिवारबाट छुट्टिन पर्ने जोखिममा पुराएको छ। सन् २०१५ देखि नै अधिकारले टिपिएस र यसबाट लाभान्वित करिब १५हजार नेपालीहरु र उहाँहरुको बालबच्चा र परिवारहरुको सुरक्षाको लागि लडि रहेको छ। यो रिपोर्टले एउटा महत्वपूर्ण तथ्यलाई पुष्टि गरेको छ, त्यो के हो भने, नेपाली टिपिएस वालाहरुको आफ्नो परिवार सहित यहि देशमा बस्ने हक छ।”

‘सेन्टर अफ अ‍ेरिका प्रोग्रेस’को ‘इमीगे्रसन पोलेसी’ टोलीकी सहनिर्देशक सिल्भा माथेमा भन्छिन, “टिपिएसले आफ्नो जीवन बनाउने र समुदायमा योगदान पुर्याउने अवसर दिएर नेपाली टिपिएस वालाहरुलाई जीउनको आधार उपलब्ध गराएको छ, र ति मध्ये कतिपय अत्यन्तै आवश्यक कामदारहरु पनि छन्।” अनि उनी थप्छिन्, “यद्दपि नेपाली लगायत अन्य टिपिएस वालाहरुले आफ्नो परिवारको निकटता र यहाँ आफुहरुले बनाएको जिन्दगी जोगाउन सँघर्ष गर्न परि रहेको छ। उनीहरुलाई यहाँबाट धपाउने कुरा क्रूर मात्र होईन, त्यसले उनीहरु बसोबास गरि रहेको समुदायको अर्थ तन्त्रमा पनि ठुलो नोक्सान पुर्याउँछ।”

अमेरिकी कँग्रेसकी सदस्य ग्रेस मेङ् भन्छिन् “नेपाली समुदायको लागि टिपिएस को सुरक्षा गर्नु कतिको महत्वपूर्ण र फाईदाजनक छ भन्ने तथ्यलाई साबित गर्ने यो ऐतिहासिक रेपोर्टको लागि अधिकार,‘सेन्टर अफ अ‍ेरिका प्रोग्रेस’ , तथा यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगो ‘यु एस इमीगे्रसनपोलेसी सेन्टर’ लाई म हार्दिक बधाई दिन चाहन्छु। ” उनी थप्छिन्, “(टिपिएस) ले उहाँ (नेपाली) हरुलाई काम पाउन, आफ्नो समुदायमा योगदान पुर्याउन, र यो देशको शोभा बढाउन मद्दत गरेको छ। ट्रम्प सरकारको जातिवाद र अश्वेत जाति प्रतिको वैर(भावमा आधारित आप्रवासको नितिहरुलाई यो रिपोर्टले कडा प्रत्युत्तर दिएको छ। म नेपाली समुदायको लागि निरन्तर साथ् दिइरहने छु अनि निश्चित होस् कि यो देशमा उहाहरु निरन्तर बस्न सकोस। ”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *