बंगलादेशी राष्ट्रिय खेलाडीको ‘वेडिङ फोटोशुट’ भाइरल, आइसीसीले गर्‍यो तारिफ

डिसी नेपाल
६ कार्तिक २०७७ ९:४४

काठमाडौं। बंगलादेशको राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी संजीदा इस्लाम अहिले सामाजिक संजालमा छाएकी छिन् । संजीदाको प्रि–वेडिङ फोटोशुट (विवाहपूर्वको फोटोशुट) का तस्वीर निकै भाइरल भइरहेका छन् । २४ वर्षकी संजीदा बंगलादेशको राष्ट्रिय टिमका लागि ब्याट्सवुमनको रुपमा खेल्छिन् ।

हालै विवाह गर्ने क्रममा विवाहको लागि तयार भएकी संजीदा क्रिकेट पिचमा गइन् जहाँ उनी हातमा ब्याट लिएकी देखिएकी छिन् । उनले ती तस्वीरहरु सामाजिक संजालमा शेयर गरिन् । लगत्तै संजीदाका यी तस्वीरहरु क्रिकेट फ्यानहरुबीच चर्चाको केन्द्र बने । तस्वीरमा संजीदा विवाहको लागि पहिरन, श्रृंगार र गरगहना सबैले सुसज्जित छिन् ।

संजीदाले हालै रंगपुरका प्रथम श्रेणी क्रिकेटर मिम मोसादेकसँग विवाह गरेकी हुन् । संजीदाका यी तस्वीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले पनि शेयर गरेको छ । आइसीसीले एक क्रिकेटरको वेडिङ फोटोसुट यस्तै हुनुपर्ने भन्दै तारिफ गरेको छ ।

२०१२ मा आयरल्याण्डविरुद्ध टि–२० खेलबाट डेब्यू गरेकी संजीदा त्यसपछि लगातार बंगलादेशको राष्टिय टिममा छिन् । २०१८ मा बंगलादेशले पहिलो पटक महिला एसिया कपको उपाधि जित्दा संजीदा सोही टिमकी सदस्य थिइन् । गएको फेब्रुअरी–मार्चमा अस्ट्रेलियामा भएको टि–२० महिला विश्वकपमा पनि संजीदा बंगलादेशको तर्फबाट खेलेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *