प्रधानमन्त्रीले किन प्रयाेग गरे पुरानै नक्सा, सर्बत्र आलोचना

डिसी नेपाल
७ कार्तिक २०७७ ११:४९
1.0k
Shares

काठमाडौं। पछिल्लो समय भारतीय खुफिया एजेन्सी  रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेर विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले  आज  सप्तमीका दिन जारी गरेकाे    दशैंकाे शुभकामना सम्बन्धी सन्देश विवादमा परेकाे छ।

साे सन्देशमा प्रयाेग भएकाे निसान छापमा  नेपालकाे पुरानै नक्सा राखिएकाे छ। अघिल्लाे दिन भारतीय जाजुससँग भेट्नु र भाेलिपल्ट प्रधानमन्त्रीले नै नेपालकाे वास्तविक नक्सा प्रयाेग नगर्नुले गम्भीर प्रश्न उठाएकाे भन्दै  उनकाे व्यापक आलोचना भएकाे हाे।

सरकारले भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नयाँ नक्शा जारी गरेको थियो। संविधान संशोधन गरेर नयाँ नक्सा प्रयोगमा पनि ल्याइएको छ। तर प्रधानमन्त्री ओलीले नै दशैंको शुभकामना दिने क्रममा प्रयोग गरेको निशान छापमा पुरानो नक्सा प्रयोग गरेपछि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाएको हो।


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लिम्पियाधुरारहित नेपालको नक्सा प्रधानमन्त्रीले प्रयोग गरेको भन्दै गम्भीर विमति जनाएका छन्

उनले देशको संसदले पारित गरेको नक्सा नक्सामै असुरक्षित भएको भन्दै जग्गा फिर्ता गर्ने अभियान जारी राख्ने कि यहाँको नेतृत्वमा बिसर्जन गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसगँ प्रश्न गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *