महामारीलाई पक्षविपक्षको दाउपेचका रुपमा प्रयोग नगरौँ : प्रधानमन्त्री

डिसी नेपाल
७ कार्तिक २०७७ १९:०५
28
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गरेका छन् ।

बडादशैँका अवसरमा आज देशवासीका नाममा दिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट विमुख हुन नसक्ने र नभएको स्पष्ट गरे । उहाँले जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाका लागि सरकारले घोषणा गरेका नियमको कडाइका साथ पालना गर्न पनि सबैमा आग्रह गरे ।

प्रधानमन्त्री ओलीले बडादशैंँका मुखमा महामारीको सङ्क्रमण अहिलेसम्मकै उच्च देखिएको र अहिले राजधानी काठमाडौंँ उपत्यका सङ्क्रमणको केन्द्रजस्तै बन्न पुगेको उल्लेख गर्दै सङ्क्रमणको वेग थामिन केही समय लाग्न सक्ने भएकाले यसलाई रोक्न, नियन्त्रण गर्न र सङ्क्रमितको उपचार गर्न सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको जानकारी दिए ।

दशैँमा फजुल खर्च र भीडभाड नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *